Holidays & Events

  • वि. सं. २०६९ (ने. सं. ११३२)

    - बाला चातुर्दशी - मंसिर २७ (Dec 12)
    - क्रिस्ट्मस् डे - पौष १० (Dec 25)
    - योमरी पुन्हि - पौष १३ (Dec 28)
    - ठेचो पिङ्गल जात्रा - पौष १४ (Dec 29)
    - तल्लो लाछी नव दुर्गा जात्रा - पौष १५ (Dec 30)
    - तमु ल्होसार - पौष १५ (Dec 30)

शिक्षा     साधना     साकार
Library in Nepal

Facebook Page Fans

Posted Article Details

अहंकारको मन्दिर

गाँउमै धार्मिक र समाजसेवी भनेर चिनिएका एकजना भलादमीले आफ्नै निजि खर्चमा एउटा मन्दिरको निर्माण गर्न लागेकाले ति भलादमी निकै व्यस्त देखिन्थे र निर्माण स्थलमा बसेर सबैलाई छिटो छिटो काम गर्न हौस्याई रहन्थे ।

एक दिन यस्तै छिटो काम गर्ने हतारोमा एक जना डकर्मीले मन्दिरको सीढीं नै अलिकता बाङ्गो बनाएछ । डकर्मीले डराई डराई सो कुरा ती धार्मिक व्यक्तिलाई बताए । “सीढीं अलिकता बाङ्गो भएर के भो त ?, तल माथी गर्न मिले भै गो नी … ” उसले निक्कै सरलताका साथ डकर्मीको गल्तिलाई पन्छाए ।

अर्को दिन कामको चटारोमा टुँडालमा कुदीएको बुट्टा नै बिग्रिएछ , तर सिकर्मीले माफी माग्नु अगाडी नै ति भलादमीले “… काम गर्दा गल्ति त भै हाल्छ नी, … यसलाई पछि सुधारौंला नी …” भनेर सिकर्मिको ढाडस बढाए ।

उता निश्चित दिनमै मुर्ती अनावरण नगरी नहुने उच्च दबाबमा मुर्ती कुँद्‍दा कुँद्‍दै मुर्तिको आँखा पनि सानो ठुलो हुन गएछ । शान्त स्वभावका ती भलादमीले उल्टै “शास्त्रले पनि भावे हि बिद्येते देवो … भनेर भाव मै जोड दिएको छ, मुर्ती त केवल एउटा प्रतिक मात्रै हो नी !” भनेर मुर्तिकारलाई आश्वस्त बनाए । मन्दिर निर्माणमा लागेका सबैजना उनको विद्वता, शान्त स्वभाव, धार्मिक आस्था र शास्त्रीय ज्ञान देखेर निकै प्रेरित भएका थीए ।

त्यस्तैमा निश्चित समयमै मन्दिर बन्यो र मुर्ती पनि स्थापनाको लागी तयार भयो । ती धार्मिक व्यक्तिले देशकै एक जना ठुलो नेतालाई ल्याएर मन्दिरको धार्मिक उत्सबकासाथ अनावरण गराउन लागेका थिए । नभन्दै तोकीएको दिनमा देशका उच्च पदस्थ नेता आए र मन्दिर अगाडी बनेको शिलालेखबाट रातो कपडा हटाएर सो मन्दिरको उद्घाटन गरे ।

ती धार्मिक व्यक्तिको नजर अचानक सो शिलालेखमा कुँदीएको आफ्नो नाममा पुग्यो, छिना अलि बढि मारीएर त्यसमा उसको नाम अलिकता धमिलो र अस्पष्ट भएको रहेछ । यो देख्‍ने बित्तीकै तिनको ब्रह्माण्ड खल्बल्लीयो र रिसले तिनको आँखा राता राता भए। अनी रिस थाम्नै नसकी तिनि मुठ्ठी बटार्दै कराए “ हैन! यो कसले लेखेको हो?, हात बाङ्गीएको …आँखा फुटेको …” ।

From Nepali Laghu katha
 
Posted By: Amir Shrestha
   Date: 19 Mar 2009
 
Back To Forum Page

[Note: Comments from anonymous user require a moderator to approve them before they are publicly available]
Name
Comment
 
Enter Code
 
 
NEPAL TIME
  • National Flag Nepal Nepali
    मेरो देश प्यारो नेपाल

Online Public Poll

  • फिफा वोर्ल्ड कप २०१० मा पूर्व चर्चित राष्ट्रहरु हार्नुको मुख्य कारण तपाईंलाई के जस्तो लाग्छ ?




     
          

SLC Toppers from Thecho

Two Toppers from Private School


Nishesh Maharjan (89.38%)
Indreni ESS

Namita Maharjan (84.4%)
St. Paul HSS

Two Toppers from Government School


Sharmila Kunwar (74.40%)
Saraswoti HSS

Anil Maharjan (64.12%)
Saraswoti HSS