Holidays & Events

  • वि. सं. २०६९ (ने. सं. ११३२)

    - बाला चातुर्दशी - मंसिर २७ (Dec 12)
    - क्रिस्ट्मस् डे - पौष १० (Dec 25)
    - योमरी पुन्हि - पौष १३ (Dec 28)
    - ठेचो पिङ्गल जात्रा - पौष १४ (Dec 29)
    - तल्लो लाछी नव दुर्गा जात्रा - पौष १५ (Dec 30)
    - तमु ल्होसार - पौष १५ (Dec 30)

शिक्षा     साधना     साकार
Library in Nepal

Facebook Page Fans

Posted Article Details

विडम्बना

उसले निकै मेहनत गरेर मात्रै आफ्नो पढाइ पूरा गरेको थियो । घर-गाउँ छाडी काठमाण्डौमा बसी पढ्दा आर्थिक समस्याले पनि उसलाई सधैं सताउँथ्यो, जे होस् निकै संघर्षपूर्ण तरिकाले उसले कानुनमा स्नातक (Bachelors Degree in Law) गर्‍यो ।

पढाइ सक्काउन त गाह्रो छँदै थियो, काम पाउन उसले झनै मुश्किल महसुस गर्‍यो । महिनौंको शिष्टाचार र अनेकौं पत्राचारले पनि काम नपाएपछि उसले आफ्ना अरु दुईजना साथीसंग मिलेर ‘ल फर्म’ खोल्ने निधो गर्‍यो ।

जसो-तसो २-३ महिनाको बहाल जम्मा गरी उसले पाएक पर्ने ठाउँमा एउटा अफिस खोल्यो । अनी कार्यालयको बाहिर एउटा बोर्ड झुण्यायो: “यहाँ कानुनी सल्लाह दिईन्छ”, कार्यालय भर्खरै खोलेको र कोठामा भएको फोनको पनि अधिकतम उपयोगिता लिन साईनबोर्ड मुनि सानो अक्षरमा थपियो “साथै टेलीफोन सेवा पनि उपलब्ध छ”

दिन बित्दै जाँदा, कानुनी सल्लाह लिन आउनेको भन्दा फोन गर्न आउनेको संख्या बढ्दै जान थाल्यो । शुरु शुरुमा भाडा उठाउन पनि मुश्किल हुनेमा बिस्तारै बहाल तिरी केहि मुनाफा समेत हुन थाल्यो ।

केही समयपछि एकदिन उनीहरुको बीचमा गम्भीर छलफल भयो । त्यसको भोलिपल्ट उनीहरुको साईनबोर्ड परिवर्तन गरिएको थियो:- “यहाँ एस. टी. डी. र आई. एस. डी. सेबा उपलब्ध छ” अनी साईनबोर्डको अलि तलपट्टि सानो अक्षरमा लेखिएको थियो ‘साथै यहाँ कानुनी सल्लाह पनि दिईन्छ।’

स्रोत : गोरखापत्र
 
Posted By: Raj Kumar Thapa
   Date: 17 May 2009
 
Back To Forum Page
Comments
# 1 Posted By: sudhan maharjan Date: 1/25/2010 11:49:52 AM

The world can't change for you, you have to change for the world. This is Business.


[Note: Comments from anonymous user require a moderator to approve them before they are publicly available]
Name
Comment
 
Enter Code
 
 
NEPAL TIME
  • National Flag Nepal Nepali
    मेरो देश प्यारो नेपाल

Online Public Poll

  • फिफा वोर्ल्ड कप २०१० मा पूर्व चर्चित राष्ट्रहरु हार्नुको मुख्य कारण तपाईंलाई के जस्तो लाग्छ ?




     
          

SLC Toppers from Thecho

Two Toppers from Private School


Nishesh Maharjan (89.38%)
Indreni ESS

Namita Maharjan (84.4%)
St. Paul HSS

Two Toppers from Government School


Sharmila Kunwar (74.40%)
Saraswoti HSS

Anil Maharjan (64.12%)
Saraswoti HSS